दफा ३१
तालिम वा भ्रमण काजको स्वीकृति
(१) वित्तीय जानकारी इकाईको प्रमुखले कार्यालयको कामको सिलसिलामा नेपालभित्र वा नेपाल बाहिर भ्रमण गर्नु पर्ने भएमा निजको भ्रमण काज गभर्नरले स्वीकृत गर्नेछ।
(२) उपनियम (१) बमोजिम भ्रमण काज स्वीकृत भएमा वित्तीय जानकारी इकाईको प्रमुखले त्यस्तो भ्रमणमा जानुअघि सोको जानकारी; समन्वय समितिको संयोजकलाई गराउनु पर्नेछ।
(३) वित्तीय जानकारी इकाईमा कार्यरत कर्मचारी वित्तीय जानकारी इकाईको- कामको सिलसिलामा नेपालभित्रको कुनै स्थानमा भ्रमण काजमा जानु परेमा वित्तीय जानकारी इकाईको प्रमुखबाट काज स्वीकृत गराई जानु पर्नेछ।
(४) वित्तीय जानकारी इकाईमा कार्यरत कर्मचारीको वैदेशिक काजको स्वीकृति वित्तीय जानकारी इकाईको प्रमुखको सिफारिसमा गभर्नरले स्वीकृत गर्नेछ र सोको जानकारी वित्तीय जानकारी _इकाईको प्रमुखले समन्वय समितिको संयोजकलाई गराउनु पर्नेछ।
(५) वित्तीय जानकारी इकाईमा राष्ट्र बैड्ढबाट खटिएको कर्मचारी र वित्तीय जानकारी इकाईको प्रमुखको काज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम, तालिममा सहभागी हुँदा पाउने खर्च लगायत भ्रमण खर्च सम्बन्धी अन्य सुविधा निजको सेवाको सर्त सम्बन्धी प्रचलित कानूनमा निर्धारण भए बमोजिम राष्ट्र बैङ्कबाट र अन्य निकाय वा संस्थाबाट वित्तीय जानकारी इकाईमा खटिएको कर्मचारीको त्यस्तो भ्रमण खर्च तथा सुविधा निजको सेवाको सर्त सम्बन्धी प्रचलित कानूनमा निर्धारण भए / बमोजिम वित्तीय जानकारी इकाईबाट उपलब्ध गराइनेछ ।